बुधबार, ०२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

नवौं राष्ट्रिय : आर्मी र लुम्बिनीको सुखद सुरुआत

शनिबार, २९ आश्विन २०७९खेलपाटी संवाददाता
नवौं राष्ट्रिय : आर्मी र लुम्बिनीको सुखद सुरुआत
Loading ad...
mustang rice ad

पोखरा  । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बी महिला÷पुरुषका खेलहरु शनिबारबाट भण्डारढिक खेलमैदानमा सुरु भएको छ ।

पुरुषतर्फका २ खेलहरुमा आर्मी र लुम्बीनी प्रदेशले विजयी सुरुआत गरेका छन् । विभागीय टिम नेपाल आर्मी र गण्डकी प्रदेशबीच भएको पहिलो खेलमा २४–५ अंकको फराकिलो अन्तरले आर्मीले गण्डकी प्रदेशलाई पराजित गरेको हो ।

४ ट्राई र २ कन्भर्सनका साथ आर्मीले कुल २४ प्वाईन्ट बनाउन सफल भएको थियो भने गण्डकी प्रदेशले १ ट्राईका साथ जम्मा ५ प्वाईन्टमात्रै बनाउन सक्यो ।

पुरुषतर्फकै दोश्रो खेलमा लुम्बिनी प्रदेशले बाग्मती प्रदेशलाई २०–५ अंकको फराकिलो अन्तरले पराजित गरेको छ । खेल अवधिभर लुम्बीनी प्रदेशले ४ ट्राईका साथ २० प्वाईन्ट बनाउन सफल भएको थियो भने बदलामा बाग्मती प्रदेश १ ट्राईका साथ ५ प्वाईन्टमा मात्रै सिमित हुन पुगेको थियो । 

यस्तै शनिबार नै सम्पन्न महिलातर्फका खेलहरुमा गण्डकी प्रदेश र शसस्त्र प्रहरी बलको एपीएफले विजयी सुरुआत गरेका छन् । महिलातर्फको पहिलो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई १०–५ अंकको अन्तरले पराजित गरेको छ । गण्डकी प्रदेशले खेलको पहिलो हाफभित्रै २ ट्राईका साथ १० प्वाईन्ट बनाउन सफल भएको थियो भने कर्णाली प्रदेशले खेल अबधीभर १ ट्राईका साथ ५ प्वाईन्ट मात्रै बनाउन सक्यो ।

यस्तै महिलातर्फको दोश्रो खेलमा शसस्त्र प्रहरीको विभागीय टिम एपीएफले मधेश प्रदेशलाई १७–५ ले पराजित गरेको छ । खेलको शुरुवातमै १ ट्राईका साथ ५ प्वाईन्ट बनाएर अग्रता बनाएको मधेश प्रदेशलाई एपीएफले २ ट्राई र २ कन्भर्सनका साथ १४ प्वाईन्ट बनाउँदै जित हासिल गरेको हो । 

प्रतियोगिताको दोश्रो दिन आईतबार पुरुषतर्फ ९ र महिलातर्फ ३ गरी रग्बीका १२ खेलहरु सञ्चालन हुनेछन ।   

Loading ad...
LiNing Ad
नवौं राष्ट्रिय : आर्मी र लुम्बिनीको सुखद सुरुआत

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लुटियो बार्सिलोना !

लुटियो बार्सिलोना !

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

कटारीले जित्यो ११औं ओसन कप

कटारीले जित्यो ११औं ओसन कप

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट

एम्बासडरलाई हराउँदै हिल्ली ओसन कपको च्याम्पियन

एम्बासडरलाई हराउँदै हिल्ली ओसन कपको च्याम्पियन

गण्डकीको जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै

गण्डकीको जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने