हारबाट जोगिएको रियल अन्तिम १६ मा
बुधबार, असोज २६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।
समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा रियलले शाख्तर डोनेस्कसँग १-१ गोलको बराबरी खेलेको हो ।
खेलको इन्जुरी समयमा एन्टोनियो रुडिगरले गोल गर्दै रियललाई हारबाट जोगाए ।
त्यसअघि खेलको ४६ औं मिनेटमा ओलेक्सान्डर जुब्कोभले गोल गर्दै शाख्तरलाई सुरुआती अग्रता दिलाएका थिए ।
यस बराबरीको बाबजुत रियलले अन्तिम १६ मा स्थान पक्का गरेको छ ।
समूह 'एफ' मा रहेको रियलले ४ खेलमा १० अंक जोडेको छ ।
शाख्तर ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यस समूहमा आरबी लाइपजिग दोस्रो र सेल्टिक पुछारमा रहेको छ ।
रियल दोस्रो स्थानको लाइपजिग भन्दा ४ अंकले अघि रहेको छ ।
हारबाट जोगिएको रियल अन्तिम १६ मा








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)