काठमाडौं । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलमा एसी मिलानलाई हराएको छ ।
समूह चरण अन्तर्गत मंगलबार राति चेल्सीले मिलानलाई २-० ले हराएको हो ।
सान सिरोमा चेल्सीलाई जित दिलाउन जोर्गिन्हो र पिएरे एमरिक अबमेयाङले एक एक गोल गरे ।
खेलको १८ औं मिनेटमा फिकायो टोमारीले रातो कार्ड पाएपछि मिलान १० खेलाडीमा समेटिएको थियो ।

२१ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए ।
त्यसपछि खेलको ३४ औं मिनेटमा अबमेयाङले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।
जितसँगै चेल्सी समूह 'ई' को शीर्ष स्थानमा उक्लिएको छ ।
चेल्सीले ४ खेलमा ७ अंक जोडेको छ ।
म्मिलान ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।