युभेन्ट्स पराजित
मंगलबार, असोज २५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्ट्स पराजित भएको छ ।
समूह चरण अन्तर्गत मंगलबार राति युभेन्ट्सलाई मक्काबी हाइफाले २-० गोल अन्तरले हराएको हो ।
हाइफाको जितमा ओमेर अट्जिलीले दुई गोल गरे ।
खेलको सातौं मिनेटमा ओमेरले गोल गर्दै हाइफालाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ४२ औं मिनेटमा ओमेरले व्यक्तिगत दोस्रो गोल गर्दै हाइफालाई २-० को जित दिलाए ।
समूह 'एच' मा रहेको हाइफाको यो पहिलो जित हो ।
हाइफाले ४ खेलमा ३ अंक जोडेको छ । हाइफा पुछारमा रहेको छ ।
युभेन्ट्स ४ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
युभेन्ट्स पराजित








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)