यू-१७ फुटबल टोली स्वदेश फिर्ता
मंगलबार, असोज २५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । भियतनाममा आयोजना भएको एएफसी एसियन कप छनोट खेलेर नेपाली यू-१७ फुटबल टोली मंगलबार राति स्वदेश फर्किएका छन् ।
नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्वाङ लगायतले स्वागत गरे ।
एन्फाको व्यवस्थापकीय कमजोरीका कारण मलेसियाको एयरपोर्टमा २४ घण्टाको ट्रान्जिटमा बसेर नेपाली टोली स्वदेश फर्किएका हुन् ।
सस्तो टिकटको लोभमा धेरै ट्रान्जिट समय राखेर खेलाडीलाई स्वदेश फर्काइएको हो ।
छनोटमा नेपाल जित विहीन रहेको थियो । नेपाल पहिलो खेलमा थाईल्याण्डसँग ३–० ले, भियतनामसँग ५–० ले र अन्तिम खेलमा चाईनिज ताईपेसँग ४–२ गोल अन्तरले पराजित भएको थियो ।
यू-१७ फुटबल टोली स्वदेश फिर्ता








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)