पुरुष ह्याण्डबलमा बागमतीको पहिलो जित
मंगलबार, असोज २५, २०७९खेलपाटी संवाददाता
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष ह्याण्डबलमा बागमतीले जित दर्ता गरेको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा बागमतीले आफ्नो दोस्रो खेलमा मधेश प्रदेशमाथि २१–१३ को जित निकालेको हो।
बागमतीका लागि सोनाम राकेश शेर्पाले सर्वाधिक ५ गोल गरे। पहिलो खेलमा विभागीय आर्मीसँग ८–४३ ले हार व्यहोरेको बागमतीले यो जितसँगै महत्वपूर्ण ३ अंक जोडेको छ।
लगातार दोस्रो खेल हारेको मधेश भने अंकविहीन छ। मधेशले पहिलो उद्घाटन खेलमा १३–६६ ले हार व्यहोरेको थियो।
पुरुष ह्याण्डबलमा बागमतीको पहिलो जित
















-1761641224925.jpeg&w=3840&q=75)