काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका मिडफिल्डर एनगोलो कान्टेले च्याम्पियन्स लिगमा एसी मिलानविरुद्धको खेल गुमाउने भएका छन् ।
च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत चेल्सीले मंगलबार राति मिलानको सामना गर्नेछ ।
तर, ह्यामस्ट्रिङमा चोट लागेपछि उनी इटाली गएका छैनन् ।
३१ वर्षीय कान्टेले प्रशिक्षणको दौरान चोट बोकेका थिए ।
फ्रान्सको विश्वकप विजेताले १४ अगस्टमा टोटेनहेमविरुद्धको खेलपछि खेलेका छैनन् ।
समूह ई मा रहेको चेल्सी ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
मिलान ४ अंक जोडेर तेस्रो स्थानमा छ ।
आरबी साल्जबर्ग पाँच अंकको साथ शीर्ष स्थानमा रहेको छ ।