काठमाडौं । इंग्लिस क्लब लिभरपुलका फरवार्ड लुइस डियाज आगामी डिसेम्बरसम्म मैदान बाहिर रहने भएका छन् ।
घुँडाको चोटको कारण उनी डिसेम्बरसम्म मैदान बाहिर रहने भएका हुन् ।
प्रिमियर लिग अन्तर्गत आइतबार आर्सनलविरुद्धको खेलमा उनले चोट बोकेका थिए । जुन खेलमा लिभरपुल ३-२ ले पराजित भएको थियो ।
कोलम्बियन फरवार्डको सोमबार चोटको परिक्षण गरेका थिए । उनको चोटको शल्यक्रिया भने गर्नु नपर्ने भएको छ ।
डियाज विश्वकप अघि ठिक हुने अनुमान गरिएको छ ।
डिसेम्बरसम्म लिभरपुलले १० खेल खेल्ने तालिका रहेको छ ।