मेस्सीले बेन्फिकाविरुद्धको खेल गुमाउने
सोमबार, असोज २४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले पोर्चुगिज क्लब बेन्फिकाविरुद्धको खेल गुमाउने भएका छन् ।
अर्जेन्टिनी फरवार्ड मेस्सीले काल्फ इन्जुरीको कारण बेन्फिकाविरुद्धको खेल गुमाउने भएका हुन् ।
पीएसजीले च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत मंगलबार राति बेन्फिकासँग खेल्ने तालिका रहेको छ ।
३५ वर्षीय मेस्सीले लिग वान अन्तर्गत रिम्सविरुद्धको खेल समेत गुमाएका थिए ।
च्याम्पियन्स लिगको समूह एचमा रहेको पीएसजी शीर्ष स्थानमा रहेको छ ।
पीएसजीले ७ अंक जोडेको छ ।
मेस्सीले बेन्फिकाविरुद्धको खेल गुमाउने








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)