लाउरेन्ट लियोनको मुख्य प्रशिक्षक
सोमबार, २४ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । फ्रान्सेली क्लब लियोनले लाउरेन्ट ब्लांकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
लियोनले सोमबार लाउरेन्टलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ।
५६ वर्षीय प्रशिक्षकले लियोनसँग दुई वर्षको सम्झौता गरेका छन्।
उनी २०२४ सम्म लियोनमा रहने छन् ।
पिटर बोस्जलाई बर्खास्त गर्दै लियोनले लाउरेन्टलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।
लाउरेन्ट फ्रान्स र पेरिस सेन्ट जर्मेन (पीएसजी) का पूर्व प्रशिक्षक समेत हुन् ।
उनले पछिल्लो पटक कतारी क्लब अल रायन हेरेका थिए ।
लाउरेन्ट लियोनको मुख्य प्रशिक्षक










-1774523438835.jpg&w=3840&q=75)

-1774509889599.jpeg&w=3840&q=75)
