बार्सिलोनाको जितमा पेड्रीको गोल

काठमाडौं । पेड्रीको विजयी गोलमा बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
आईतबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई १–० ले हराएको छ ।
बार्सिलोनाको जितमा पेड्रीले १७ औं मिनेटमा विजयी गोल गरे । बार्सिलोना गोल अन्तरका आधारमा लिग तालिकामा रियल मड्रिडलाई पछि पारेको छ । दुवैको ८ खेलबाट समान २२ अंक छ ।
च्याम्पियन्स लिगमा यस सिजन संघर्ष गरिरहेको बार्सिलोनाले स्पेनिस लिगमा राम्रो सुरुवात गरेको थियो । तर फेरान टोरेस, राफिन्हा र रोबर्ट लेवान्डोस्कीको प्रयासले सार्थकता पाउन सकेन । बार्सिलोनाले यस सिजन च्याम्पियन्स लिगका सुरुवाती तीन मध्य दुई खेल गुमाएको छ ।
पछिल्लो जितसँगै बार्सिलोनाले यस सिजन घरेलु मैदानमा खेलिएका चारै खेलमा क्लिन चिट निकालेको छ ।
बार्सिलोनाले ८ खेलमा २२ अंक जोडेको छ । सेल्टा १० अंक जोडेर ११ औं स्थानमा रहेको छ ।








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)