रोनाल्डोको कीर्तिमानी गोलमा युनाईटेड विजयी

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ७ सय क्लब गोल पुरा गरेको खेलमा म्यानचेस्टर युनाईटेडले प्रिमियर लिग फुटबलमा एभर्टनलाई हराएको छ ।
गुडसिन पार्कमा आईतबार राति रोनाल्डोले ७ सय क्लब गोल पुरा गर्दा युनाईटेडले एभर्टनलाई २-१ गोल अन्तरले पराजित गर्यो । योसँगै एभर्टनको लगातार दुई खेलको जितमा पूर्ण विराम समेत लागेको छ ।
यस सिजन करियरकै खराब समयबाट गुज्रिरहेका रोनाल्डोले आईतबार राति कीर्तिमानी गोल पुरा गरेका छन् ।
खेलमा अग्रता घरेलु टोली एभर्टनले इओबीको गोलमा लिएको थियो । एन्थोनी मार्टियलको पासमा एन्थोनीले गोल गर्दै खेलको १५ औं मिनेटमा युनाईटेडलाई बराबरीमा ल्याएका थिए । पहिलो हाफ सकिन एक मिनेट अघि क्यासमिरोको पासमा रोनाल्डोले आफ्नो कीर्तिमानी गोल पुरा गरे ।
मार्टियलले चोटका कारण पहिलो हाफमै मैदान छाड्न परेपछि वैकल्पिक खेलाडीको रुपमा रोनाल्डो मैदान छिरेका थिए । दोस्रो हाफमा मार्कस रासफोर्डको गोललाई भारमार्फत मान्यता रद्ध गरिएको थियो ।
पछिल्लो जितले युनाईटेड १५ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । एभर्टन १० अंक सहित तालिकाको १२ औं स्थानमा छ ।








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)