इटाली र इंग्ल्यान्ड एकै समूहमा
आइतबार, असोज २३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । युरोकप २०२४ को छनोट खेलको समूह विभाजन सार्वजनिक भएको छ ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले आइतबार छनोटको समूह विभाजन सार्वजनिक गरेको हो ।
यूईएफएले छनोटमा सहभागी राष्ट्रलाई १० समूहमा विभाजन गरेको छ ।
जसमा साविक विजेता इटाली र उपविजेता इंग्ल्यान्ड एकै समूहमा रहेको छ ।
इटाली र इंग्ल्यान्ड समूह 'सी' मा रहेको छ ।
यस समूहमा युक्रेन, नर्थ मासेडोनिया र माल्टा रहेको छ ।
छनोटका खेलहरु आगामी मार्च २३ बाट सुरु ब२०२३ को नोभेम्बर २१ मा सकिनेछ ।
समूहको शीर्ष टोलीले जर्मनीमा आयोजना हुने युरोकपममा स्थान बनाउने छन् ।
आयोजक जर्मनी सिधै छनोट भईसकेको छ । तीन राष्ट्र नेसन्स लिगको प्ले अफबाट छनोट हुनेछ ।
इटाली र इंग्ल्यान्ड एकै समूहमा








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)