लिभरपुललाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिभरपुललाई हराएको छ ।
आइतबार राति भएको खेलमा आर्सनलले लिभरपुललाई ३-२ गोल अन्तरले हराएको हो ।
आर्सनललाई जित दिलाउन बुकायो साकाले दुई गोल गरे । गाब्रियल मार्टिनेलीले एक गोल थपे ।
लिभरपुलका डार्विन नुनेज र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे ।
खेलको पहिलो मिनेटमै मार्टिनेलीले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।
३४ औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए ।
पहिलो हाफको इन्जुरी समयमा साकाले गोल गर्दै आर्सनलको अग्रता २-१ को बनाए ।
खेलको ५३ औं मिनेटमा लिभरपुलका फिर्मिन्होले गोल गर्दै खेल २-२ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा साकाले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३-२ को जित दिलाए ।
यस जितसँगै आर्सनल शीर्ष स्थानमा उक्लिएको छ ।
आर्सनलले ९ खेलमा २४ अंक जोडेको छ ।
लिभरपुल १० अंक जोडेर १० औं स्थानमा रहेको छ ।








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)