काठमाडौं । नेपाली यू-१७ फुटबल टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आफ्नै गल्तीको कारण चाइनिज ताइपेसँगको खेलमा हार व्यहोरेको बताएका छन् ।
भियतनाममा जारी एएफसी यू-१७ एसियन कप छनोटमा लगातार तेस्रो हार व्यहोरेपछि प्रशिक्षक उर्जनले गल्ती गरेको कारण हार व्यहोरेको बताए ।
'फेरि पनि हामीले आफ्नै गल्तीका कारण गोल खायौ र हार व्यहोरेका छौँ,' उनले भने, 'अन्यथा हामीले राम्रो खेल्यौं, धेरै अवसर सिर्जना गर्यौं । हामीले खेल जित्न पनि सक्थ्यौं ।'
आइतबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल चाइनिज ताइपेसँग ४-२ गोल अन्तरले पराजित भएको थियो ।
ताइपेसँगको हारसँगै छनोटमा नेपाल जित विहीन बनेको छ ।