युरोकपमा अब ३२ राष्ट्र
आइतबार, असोज २३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले युरोकप फुटबलमा सहभागी टिम संख्या बढाउने निर्णय गरेको छ ।
युरोकपमा हाल २४ टोलीले प्रतिस्पर्धा गर्दै आईरहेका छन् । तर, युईएफएले २४ बाट सहभागी संख्या ३२ बनाउने निर्णय गरेको स्काई न्युज डटकमले जनाएको छ ।
युरोकपमा २०१६ सम्म १६ टोलीले खेल्दै आएकोमा बढाएर २४ बनाईएको थियो ।
२०२४ को युरोकपमा भने २४ टोलीले नै खेल्ने छन् । आगामी संस्करणको युरो जर्मनीमा हुनेछ ।
युरोपमा हाल ५५ राष्ट्र छन् । त्यसैले ३२ राष्ट्र पुगेमा छनोटको ढाँचा परिवर्तन हुने बताईएको छ ।
युरोकपमा अब ३२ राष्ट्र








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)