फरेस्टका मुख्य प्रशिक्षकद्वारा सम्झौता नवीकरण
शुक्रबार, असोज २१, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब नटिङ्घम फरेस्टका मुख्य प्रशिक्षक स्टिभ कुपरले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
फरेस्टले शुक्रबार स्टिभले क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको छ ।
४२ वर्षीय प्रशिक्षक अब सन् २०२५ सम्म फरेस्टमा रहने भएका छन् ।
स्टिभले गत सेप्टेम्बरमा रेड्सको जिम्मेवारी लिएका थिए । उनको नेतृत्वमा क्लबले ५४ खेलमध्ये २९ जितेका छन्।
गत सिजन च्याम्पियनसिपबाट उनले फरेस्टलाई प्रिमियर लिगमा फर्काएका थिए ।
फरेस्टका मुख्य प्रशिक्षकद्वारा सम्झौता नवीकरण








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)