काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबल म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।
समूह चरण अन्तर्गत बुधबार राति सिटीले कोपनहेगनलाई ५-० गोल अन्तरले हराएको हो ।
सिटीलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे ।
रियाद महरेज र जुलियन अल्भारेजले एक एक गोल गर्दा सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको सातौं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए ।

३२ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।
खेलको ३९ औं मिनेटमा कोपनहेगनका खोचोलाभाले आत्मघाती गोल गरे ।
५५ औं मिनेटमा महरेजले पेनाल्टीबाट गोल गर्दा सिटीको अग्रता ४-० को बन्यो ।
त्यसपछि खेलको ७६ औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई ५-० को जित दिलाए ।
जितसँगै सिटीले अपराजित यात्रा कायम राखेको छ । सिटी अन्तिम १६ को निक समेत पुगेको छ ।
समूह 'जी' को सिटीले ३ खेलमा ९ अंक जोडेको छ ।
सिटी शीर्ष स्थानमा रहेको छ ।
कोपनहेगन १ अंक जोडेर पुछारमा रहेको छ ।