लाइपजिगको सहज जित
बुधबार, असोज १९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा आरबी लाइपजिगले सहज जित निकालेको छ ।
बुधबार राति भएको खेलमा लाइपजिगले सेल्टिकलाई ३-१ गोल अन्तरले हराएको हो ।
लाइपजिगको जितमा आन्द्रे सिल्भाले दुई गोल गरे । क्रिस्टोफर एनकुन्कुले एक गोल गरे ।
सेल्टिक जोताले एक गोल फर्काए ।
लाइपजिगको यो पहिलो जित हो ।
समूह एफको लाइपजिगले ३ खेलमा ३ अंक जोडेको छ ।
सेल्टिक १ अंक जोडेर पुछारमा रहेको छ ।
अर्को खेलमा एफसी साल्जवर्गले डिनामो जेग्रेबलाई १-० ले हराएको छ ।
लाइपजिगको सहज जित






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)



-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)