काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा वेस्ट इन्डिजलाई हराएको छ ।
क्यानबेरामा बुधबार भएको खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ३ विकेटले हराएको हो ।
जितसँगै अष्ट्रेलियाले दुई खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
वेस्ट इन्डिजले दिएको १ सय ४६ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।

अष्ट्रेलियाको जितमा कप्तान आरोन फिन्चले ५८ रनको अर्धशतकीय इनिङ खेले । म्याथ्यु वेडले अविजित ३९ रन बनाए।
वेस्ट इन्डिजका सेल्डोन कोट्रेल र अल्जारी जोसेपले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।
वेस्ट इन्डिजका केली मेयर्सले ३९ रन जोड्दा ओडिन स्मिथले २७ रन बनाए ।
अष्ट्रेलियाका जोस हाजलउडले ३ तथा मिचेल स्टार्क र प्याट कुमिन्सले २/२ विकेट लिए ।
