पहिलो हाफमा नेपाल १-० ले पछाडी
बुधबार, असोज १९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । एएफसी यू-१७ एसियन कप छनोटको पहिलो खेलमा नेपालले अहिले थाइल्याण्डको सामना गरिरहेको छ।
भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा जारी खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफको खेल सकिदा थाइल्याण्डले १-० गोलको अग्रता बनाएको छ ।
खेलको ३० औं मिनेटमा तोन्तावान पुन्तामुनीले गोल गर्दै थाइल्याण्डलाई अग्रता दिलाएका हुन् ।
छनोटमा नेपाल समूह एफमा रहेको छ । यस समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन् ।
छनोट अन्तर्गत नेपालले शुक्रबार आयोजक भियतनाम र आइतबार चाइनिज ताइपेसँग खेल्नेछ ।
छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् । यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछ।
पहिलो हाफमा नेपाल १-० ले पछाडी






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)



-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)