काठमाडौं । बार्सिलोनाका डिफेन्डर आन्द्रेस क्रिस्टेनसनले चोट बोकेका छन् ।
च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति इन्टर मिलानविरुद्धको खेलमा उनले चोट बोकेका हुन् ।
बार्सिलोनाले क्रिस्टेनसनले एन्कलको लिगामेन्टमा चोट बोकेको जनाएको छ ।
उनको चोटको थप रिपोर्ट आउन बाँकी रहेको छ ।
चोटको कारण उनले ५८ औं मिनेटमा मैदान छाडेका थिए ।
क्रिस्टेनसनले चोट बोकेको खेलमा बार्सिलोना इन्टरसँग १-० ले पराजित भएको थियो ।
२६ वर्षीय क्रिस्टेनसनले चोट बोकेपछि बार्सिलोनाको घाइते खेलाडीको सूची लम्बिएको छ ।
मेम्फिस डिपे, फ्रान्की डी योङ, हेक्टर बर्लिन, जुल्स कुन्डे र रोनाल्ड अरुजो चोटकै कारण टिम बाहिर छन् ।