बायर्नको फराकिलो जित

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।
समूह चरण अन्तर्गत मंगलबार राति बायर्नले भिक्टोरिया प्लेजेनलाई ५-० गोल अन्तरले हराएको हो ।
बायर्नको जितमा लोरी सानेले दुई गोल गरे । सेर्जी जिनाब्री, साडियो माने र एरिक म्याक्सिम मोटिङले एक एक गोल गरे ।
खेलको सातौं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।
१३ औं मिनेटमा जिनाब्रीले टिमको अग्रता दोब्बर बनाए ।
मानेले खेलको २१ औं मिनेटमा गोल गर्दै बायर्नको अग्रता ३-० को बनाए ।
खेलको ५० औं मिनेटमा सानेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ४-० को बनाए ।
त्यसपछि खेलको ५९ औं मिनेटमा एरिकले गोल गर्दै टोलीलाई ५-० को जित दिलाए ।
जितसँगै बायर्नले समूह चरणमा अपराजित यात्रा कायम राखेको छ ।
समूह 'सी' को बायर्न ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
प्लेजेन अंक विहीन रहदै पुछारमा रहेको छ ।










%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)



-1769690582903.jpeg&w=3840&q=75)