लिभरपुलको सहज जित
बुधबार, १९ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ ।
समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले रेन्जर्सलाई २-० गोल अन्तरले हराएको हो ।
लिभरपुलको जितमा ट्रेण्ड एलेक्सजेण्डर आर्नोल्ड र मोहमद सलाहले एक एक गोल गरे ।
खेलको सातौं मिनेटमा आर्नोल्डले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ५३ औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।
जितसँगै समूह ए को लिभरपुलले ३ खेलमा ६ अंक जोडेको छ ।
लिभरपुल समूहको दोस्रो स्थानमा रहेको छ ।
अंक विहीन रेन्जर्स पुछारमा रहेको छ ।
यसै समूहमा नापोलीले आयाक्सलाई ६-१ ले हराएको छ ।
लिभरपुलको सहज जित










%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)



-1769690582903.jpeg&w=3840&q=75)