इन्टरले बार्सिलोनालाई हरायो
बुधबार, १९ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब इन्टर मिलानले स्पेनको बार्सिलोनालाई हराएको छ ।
समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा इन्टरले बार्सिलोनालाई १-० ले हराएको हो ।
इन्टरको जितमा हाकन काल्हानोग्लुले निर्णायक गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरे ।
खेलको दोस्रो हाफमा बार्सिलोनाका पेड्रीको गोलले मान्यता पाएन । गोल अघिको फउलको कारण भीएआरमा उनको गोलले मान्यता नपाएको हो ।
यस जितसँगै इन्टरले ३ खेलमा ६ अंक जोडेको छ ।
समूह सी को इन्टर दोस्रो स्थानमा रहेको छ ।
बार्सिलोना ३ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।
इन्टरले बार्सिलोनालाई हरायो










%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)



-1769690582903.jpeg&w=3840&q=75)