बुमराहले विश्वकप गुमाउने
शुक्रबार, असोज १४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । भारतका फास्ट बलर जस्प्रित बुमराहले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट गुमाउने भएका छन् ।
ढाडको चोटको कारण बुमराहले अष्ट्रेलियामा आयोजना हुने विश्वकप गुमाउने भएका हुन् ।
बीसीसीआईले बुमराहको विषयमा केहि बताएको छैन ।
तर, उनी करिब ६ महिना मैदान बाहिर रहने बीसीसीआईका उच्च अधिकारीले जनाएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
चोटको परिक्षण गर्न उनी बैंगलोर प्रस्थान गरेको समेत बताईएको छ ।
टी-ट्वान्टी विश्वकप आगामी १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ ।
भारतले पाकिस्तानसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
बुमराहले विश्वकप गुमाउने













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)