पाकिस्तानी बलर नसिमलाई कोभिड
शुक्रबार, असोज १४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । पाकिस्तानका फास्ट बलर नसिम शाहलाई कोभिड-१९ को संक्रमण भएको छ ।
पछिल्लो समय निमोनियाको कारण स्वास्थ्यलाभ गरिरहेका नसिमलाई कोभिड भएको हो ।
यद्यपि उनी अस्पतालबाट डिस्चार्ज भईसकेका छन् । उनको स्वास्थ्य अवस्था राम्रो रहेको पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले जनाएको छ ।
इंग्ल्यान्डविरुद्धको सिरिजका लागि क्याम्पमा रहेका मध्ये नसिम कोभिड संक्रमित हुने दोस्रो खेलाडी हुन् ।
घरेलु टोली पाकिस्तानले इंग्ल्यान्डविरुद्ध ७ खेलको टी-ट्वान्टी सिरिज खेलिरहेको छ ।
अब नसिमले इंग्ल्यान्डविरुद्ध अन्तिम दुई टी-ट्वान्टी खेल गुमाउने छन् ।
पाकिस्तानी बलर नसिमलाई कोभिड













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)