बिहिबार, २४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपालगञ्ज म्याराथनमा भूमिराज र कान्छीमाया उत्कृष्ट

शनिबार, ०८ मंसिर २०७५खेलपाटी संवाददाता
नेपालगञ्ज म्याराथनमा भूमिराज र कान्छीमाया उत्कृष्ट
Loading ad...
mustang rice ad

पालञ्ज – क्रियटिभ ह्याण्डसको आयोजनामा नेपालगञ्ज म्याराथनको चौथो संस्करण सफलता पुर्वक सम्पन्न भएको छ । तत्कालिन विद्रोही माओवादी र राज्य पक्षबीच भएको बृहत शान्ति सम्झौताको सम्झनामा हरेक मंसिर ५ गते नेपालगञ्ज म्याराथन हुँदै आएको छ । यसपटक सरोकारवाला पक्षको विशेष आग्रहमा आज मंसिर ८ गते प्रतियोगिताको आयोजना गरियो ।

चौथो संस्करणको उपाधी नेपाल प्रहरीका भूमिराज राईले जितेका छन् । राईले निर्धारित दुरी २ घण्टा ३३ मिनेट २० सेकेन्डमा पूरा गरेका छन् ।
सशस्त्र प्रहरीका खिमबहादुर खत्री २ घण्टा ३५ मिनेट ३२ सेकेन्डमा दुरी पार गर्दै खत्री द्वितिय भएका छन् । सशस्त्र प्रहरीकै गणेश ठकुरीले २ घण्टा ४७ मिनेट २८ सेकेन्डमा दौड पूरा गरेर तृतिय भएका छन् ।

बर्दियाका बलबहादुर सुनार, प्रहरीका भीमबहादुर रोकाय, प्रमोद खड्का, गोपाल बुढा र बाँकेका मोरी ग्यानरुक क्रमशः चौथोदेखि आठौ भएका छन् । प्रथम हुने राईले ६० हजार पुरस्कार पाएका छन् । द्वितियलाई ३० हजार, तृतियलाई २० हजार, चौथोलाई १० हजार, पाँचौलाई ८ हजार, छैठौलाई ७ हजार, सातौलाई ६ हजार र आठौले ५ हजार पुरस्कार पाएका छन् ।

हाफ म्याराथनमा कान्छीमाया कोजु प्रथम भएकी छन् । कोजु नेपालगञ्ज म्याराथनको दोस्रो संस्करणको समेत विजेता हुन् । उनले चौथो संस्करण शनिबार एक घण्टा २२ मिनेट ४२ सेकेन्डमा पूरा गरिन् ।

हाफ म्याराथनको द्वितिय र तृतिय पनि सशस्त्र प्रहरीकै बृन्दा धान्के श्रेष्ठ र कृष्णाश्वरी सिन्तकला भएका छन् । श्रेष्ठले एक घण्टा २५ मिनेट ४४ सेकेन्ड र सिन्तकलाले एक घण्टा ३१ मिनेट ४५ सेकेन्डमा दौड पूरा गरेका थिए । कञ्चन पुनमगर, बत्तीसरा बम र अन्जु मल्ल क्रमशः चौथोदेखि छैठौ भए ।

हाफ म्याराथनकी विजेता कोजुले ३० हजार पुरस्कार पाएकी छन् । द्वितियले १५ हजार, तृतियले १० हजार, चौथोले ५ हजार, पाँचौले ४ हजार र छैठौले तीन हजार रुपैया पाएका छन् ।

नेपालगञ्ज म्याराथनको ५ किलोमिटर पुरुषतर्फ जुम्लाका नरेश बुढा प्रथम भएका छन् । बुढाले १६ मिनेट ३५ सेकेन्डमा दुरी पार गरेका थिए । यो विधामा द्वितिय माधव चौधरी, तृतिय सन्तोषनाथ योगी र चौथो प्रकाश कठायत भए ।

५ किलोमिटर महिलातर्फ कालिकोटकी मंगला बुढा १९ मिनेट ४९ सेकेन्डमा दूरी पार गर्दै प्रथम भइन् । अनिशा चौधरी द्वितिय, सुमित्रा चौधरी तृतिय र रेजिना बस्नेत चौथो भइन् ।

५ किलोमिटर पुरुष र महिलाका विजेताले ५ हजार, तीन हजार, दुई हजार र एक हजार पुरस्कार पाएका छन् । नेपालगञ्ज म्याराथनलाई अझ भब्य बनाउन एक किलोमिटर वाकाथन गराइएको थियो । त्यसमा प्रदीप पण्डित प्रथम भएका छन् । नेपालगञ्ज म्याराथनका अवसरमा आयोजक क्रियटिभ ह्याण्डसले ओलम्पियन हरि रोकायलाई सम्मान गरेको थियो ।

नेपालगञ्ज कोहलपुर शहर जोड्ने म्याराथनलाई भब्य बनाउन पञ्चेबाजा, प्रहरी ब्याण्ड बचेका थिए भने एकतर्फी बाटो खाली गराएर खेलाडीलाई दौड्न सजिलो बनाइएको छ । धावकको स्कटिङ साइकिलिङ क्लवले गरेको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

रेसिङ सहारा फाइलन प्रवेश

रेसिङ सहारा फाइलन प्रवेश

सन्दीपको वरीयतामा १५ स्थान सुधार

सन्दीपको वरीयतामा १५ स्थान सुधार

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

आर्सनलका २४ वर्षीय नायक साका

आर्सनलका २४ वर्षीय नायक साका

चोट बोकेका एमबाप्पे नायिकासँग इटाली घुम्न पुगे

चोट बोकेका एमबाप्पे नायिकासँग इटाली घुम्न पुगे

गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला

गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला