काठमाडौं । टेण्डी शेर्पाले पहिलो संस्करणको इसुजु ओपन गल्फ प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।
गोकर्ण गल्फ क्लबमा ९ ह्यान्डिक्याप खेल्दै ४१ अंक जोडेर टेण्डीले उपाधि जितेका हुन् । टासी घलेले एक ह्यान्डिक्याप ४० अंक जोडेर दोस्रो भए । टासीले ३९ ग्रस अंक जोड्दै बेष्ट ग्रसको उपाधि समेत जिते । ३८ अंक जोड्दै जिग्मी दोङटेडसाङ तेस्रो भए।
मिआइ लिले ३३ अंक जोड्दै महिलातर्फको उपाधि जितिन् । केएनएस थापाले काउन्ट ब्याकको आधारमा सिनियर तर्फको उपाधि जिते । भाइराजा पाण्डे, बिजय बहादुर श्रेष्ठसंग समान ३४ अंक जोडेपछि काउन्ट ब्याकमा थापाले बाजी मारे ।
सदभाब आचार्यले ३३ अंक जोड्दै जुनियरतर्फको उपाधि जिते ।
यस्तै आङ्ग छिरिङ्ग शेर्पाले स्त्रेइटेष्ट ड्राइभ, विजय श्रेष्ठले लंगेस्ट ड्राइभ, महेश बिक्रम कार्कीले कोजेस्ट टु दी पिन र नोर्बु शेर्पाले मोस्ट बर्डिजको उपाधि जिते ।
नेपालमा इसुजु ब्रान्डको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रालिले आयोजना गरेको प्रतियोगितामा १०६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।