काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब ब्राइटनले रोबर्टो डी जेर्बीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
ब्राइटनले बुधबार इटालियन प्रशिक्षक रोबर्टोलाई नियुक्त गरिएको जनाएको छ ।
४३ वर्षीय प्रशिक्षक रोबर्टोले ब्राइटनसँग ४ वर्षको सम्झौता गरेका छन् ।
ग्राहम पोटर क्लब छाड्दै चेल्सीको मुख्य प्रशिक्षक नियुक्त भएपछि ब्राइटनले रोबर्टोलाई नियुक्त गरेको हो ।
रोबर्टो युक्रेनी क्लब शाख्तर डोनेक्ट्सको मुख्य प्रशिक्षक छाडेपछि क्लब विहिन थिए ।
इटालियन क्लब नापोलीका पूर्व मिडफिल्डरले सासोउलोको टोली समेत हेरेका थिए ।