साफ विजेता टोलीलाई बंगलादेश क्रिकेट बोर्डले ५० लाख दिने

काठमाडौं । नेपालमा सम्पन्न छैटौं महिला साफ च्याम्पियनसिप विजेता बंगलादेशको महिला फुटबल टोलीलाई बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले ५० लाख बंगलादेशी टाका पुरस्कार दिने घोषणा गरेको छ।
बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसनले महिला फुटबलरहरूको सफलताको प्रशंसा गर्दै पुरस्कारको घोषणा गरेका छन्।
'महिला फुटबल टोलीले आफ्नो असाधारण प्रदर्शन र ऐतिहासिक उपलब्धिले सिंगो राष्ट्रलाई गौरवान्वित गरेको छ। उनीहरूको प्रयासको लागि प्रशंसा र समर्थनको प्रतीकको रूपमा म बीसीबीको तर्फबाट सम्पूर्ण टोलीलाई ५० लाख टाका घोषणा गर्दैछु । मलाई कुनै शङ्का छैन कि साफको विजयले देशभरका खेलाडीहरू र महिलाहरूलाई र खेलकुद टोलीहरूलाई सम्बन्धित विषयहरूमा अन्तर्राष्ट्रिय गौरवको लागि प्रयास गर्न धेरै प्रेरित गर्नेछ,' बीसीबीका अध्यक्षको भनाईलाई उद्धित गर्दै बंगलादेशका संचारमाध्यमले लेखेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा नेपाललाई ३-१ ले हराउँदै बंगलादेशले पहिलो पटक उपाधि जितेको थियो ।







-1767323467090.webp&w=3840&q=75)



-1767335931387.jpeg&w=3840&q=75)

-1767323763179.png&w=3840&q=75)