काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले गत आर्थिक वर्षमा ८६ मिलियन पाउण्ड नाफा गरेको छ ।
बार्सिलोनाले एक रिपोर्ट सार्वजनिक गर्दै गत आर्थिक वर्षमा ८६ मिलियन नाफा गरिएको जनाएको छ ।
बार्सिलोनाले नयाँ आर्थिक वर्षमा २४९ मिलियन पाउण्ड नाफा गर्ने अपेक्षा राखिएको जनाएको छ ।
बार्सिलोनाले २०२१/२२ को आर्थिक वर्ष ८९० मिलियन पाउण्डको कारोबार भएको जनाएको छ ।
तर, ला लिगा क्लबले गत वर्ष ४२२ मिलियन घाटा भएपछि यस समरमा वित्तीय नियमको कारण नयाँ खेलाडी दर्ता गर्न सकेको थिएन ।
यद्दपी स्पेनिस क्लबले आर्थिक लिभरहरूको साथ कोष खाली गरेका थिए ।