काठमाडौं । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले युरोकप २०२४ को छनोटमा रुसलाई प्रतिबन्ध गरेको छ।
युक्रेनमाथि आक्रमण गरेपछि यूईएफएले रुसलाई युरोकप छनोटमा प्रतिबन्ध लगाएको हो ।
गत फेब्रुअरीबाट रुसले युक्रेनमाथि आक्रमण गरिरहेको छ ।
जसको कारण यूईएफए र फिफाले रुस र रुशी क्लबलाई प्रतिबन्ध लगाउँदै आएको छ ।
जर्मनीले आयोजना गर्ने युरो २०२४ का लागि 'ड्र' अक्टोबर ९ मा फ्रान्कफर्टमा हुनेछ।
रुसले प्रतिबन्धविरुद्ध खेलकुदको न्यायिक निकाय आर्बिट्रेसन फर स्पोर्ट्स (कास) मा अपील गरेको थियो । तर, अपील जुलाईमा खारेज भएको थियो ।
'रुसलाई युरोपियन फुटबल च्याम्पियनशिप २०२२-२४ को छनोट 'ड्र' मा समावेश गरिएको छैन,' यूईएफएले विज्ञप्तिमा भनेको छ ।
रुसलाई कतारमा आयोजना फिफा विश्वकपमा समेत प्रतिबन्ध गरिएको छ ।