विराटनगर । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश-१ स्तरीय छनोटको पुरुष फुटबलको उद्घाटन खेलमा ताप्लेजुङ र सुनसरी विजयी भएको छ ।
विराटनगरको सहिद रंगशालामा मंगलबार ताप्लेजुङले सोलुखुम्बुमाथि ९-० को सानदार जित निकाल्यो । ताप्लेजुङको जितमा मन्जित लिम्बुले ह्याट्रिक गरे ।
यस्तै पुर्ण लिम्बु र विवेक मादेनले २/२ गोल गर्दा ब्रिटिस वानेम र शान्त लिम्बुले एक एक गोल गरे ।
दोस्रो खेलमा सुनसरीले झापालाई ३-१ ले पराजित गर्यो।
सुनसरीका लागि दोर्जे तामाङ, दिनेश राई र अशिम राईले एक एक गोल गरे ।
झापाका लागि प्रदिप बुढाथोकीले एक गोल फर्काए ।