काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका कप्तान एन्जिला तुम्बापो सुब्बाले नेपाललाई महिला साफको उपाधि दिलाउन नसकेकोमा माफी मागेकी छन् ।
मंगलबार राति सामाजिक संजाल फेसबुकबाट कप्तान एन्जिलाले मागी मागेकी हुन् ।
कप्तान एन्जिलाले ऐतिहासिक सफलता हासिल गर्ने मौका गुमाएको जिम्मेवारी आफुले लिने समेत बताएकी छन् ।
'एउटा ऐतिहासिक सफलता हासिल गर्ने मौका गुमाएका छौँ । सफल हुन सकेनौं । कप्तानको नाताले मैले पनि जिम्मेवारी लिनुपर्छ । सम्पूर्ण खेलप्रेमीसँग माफी माग्न चाहन्छु । सबै खेलाडी, स्टाफले मेहनत गरेका थियौं । भारतविरुद्ध ऐतिहासिक जित निकाल्यौ । मनोबल उच्च थियो । करिब १६ हजार दर्शकमाझ उपाधि जित्ने हर खेलाडीको चाहना थियो । तर, फाइनलमा बंगलादेशसँग पहिलो पटक चुक्यौ । मैदानमा पुगेर हौसला बढाउने सम्पूर्ण दर्शकप्रति आभारी छौँ,' कप्तान एन्जिलाले भनेकी छिन्, 'लाग्छ, हाम्रोमा पनि निरन्तर र व्यवस्थित लिग भयो भने हामी एकदिन पक्कै सफल हुनेछौं ।'
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित हुँदै उपाधिबाट बन्चित भएको थियो ।