काठमाडौं । लिभरपुलका कप्तान जोर्डन हेण्डरसन इंग्ल्यान्डको टिममा सामेल भएका छन् ।
नेसन्स लिग अन्तर्गतको खेलका लागि हेण्डरसनलाई टिममा सामेल गराईएको हो ।
प्रारम्भिक चरणको सूचीमा उनी अटाएका थिएनन् ।
तर, चोटबाट मुक्त भएपछि उनी टोलीमा फर्किएका हुन् ।
३२ वर्षीय हेण्डरसनलाई इंग्ल्यान्डले काल्भिन फिलिप्सको विकल्पमा टोलीमा राखेको हो ।
काँधमा लागेको चोटका कारण फिलिप्स टिमबाट बाहिरिएका छन् ।
इंग्ल्यान्डले यसै महिना नेसन्स लिग अन्तर्गत जर्मनी र इटालीविरुद्ध खेल्दैछ ।