काठमाडौं । युवा मिडफिल्डर जोर्डन जेम्स पहिलो पटक वेल्सको सिनियर टोलीमा परेका छन् ।
नेसन्स लिग फुटबलका लागि वेल्सले १८ वर्षे मिडफिल्डरलाई टोलीमा राखेको हो ।
वेल्सले नेसन्स लिग फुटबलमा बेल्जियमसँग २२ सेप्टेम्बर र पोल्याण्डसँग २५ सेप्टेम्बरमा खेल्नेछ ।
जोइ एलनले चोट बोकेपछि युवा मिडफिल्डरले सिनियर टोलीमा मौका पाएका हुन् ।
बिर्मिनघम सिटीका मिडफिल्डर जेम्सले गत हप्ता इंग्ल्यान्डको यू-२० टोलीबाट खेलेका थिए । उनी वेल्सको यू-२१ टोलीमा समेत अटाएका थिए ।