‘सी’ डिभिजन लिग छनौटको खेल तालिका सार्वजनिक
मंगलबार, ०४ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौटको खेल तालिका सार्वजनिक गरेको छ ।
एन्फाले ६० क्लबलाई २० समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।
छनौट खेलहरु असोज ६ गते बिहीबारबाट एन्फा कम्प्लेक्समा सुरु हुनेछ । छनौट कात्तिक २४ गतेसम्म चल्नेछ ।
एन्फाले सहभागी ६० क्लबलाई प्रत्येक समूहमा ३ क्लब राखेर २० समूहमा विभाजन गरेको छ ।
हरेक समूहको विजेता नकआउट चरणमा प्रवेश गर्ने छन् ।
नकआउट चरणलाई २ समूहमा विभाजन गरिएको छ ।
दुई समूहका विजेता ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन्। र, फाइनलमा दुई समूह विजेता भिड्ने छन् ।
खेल तालिका -





‘सी’ डिभिजन लिग छनौटको खेल तालिका सार्वजनिक







-1766318481555.jpeg&w=3840&q=75)
-1766281833800.webp&w=3840&q=75)


-1766305902285.jpeg&w=3840&q=75)
