स्वदेश फर्किए यू-२० फुटबल टोली
सोमबार, ०३ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । बहराइनमा आयोजना भएको एएफसी यू-२० एसियन कप छनोटमा सहभागिता जनाएर नेपाली टोली स्वदेश फर्किएका छन् ।
नेपाली टोली सोमबार राति स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई एन्फाका पदाधिकारीले स्वागत गरेका थिए ।
प्रतियोगितामा नेपाल जित विहीन बनेको थियो ।
आइतबार राति भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ३-० ले पराजित भएपछि नेपाल जित विहीन बनेको हो।
समूह 'बी' मा नेपालले अंक विहीन रहदै समूहको पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको थियो ।
पहिलो खेलमा नेपाल भुटानसँग २-० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कतारसँग ३-१ गोल अन्तरको हार व्यहोरेको थियो । नेपाल तेस्रो खेलमा आयोजक बहराइनसँग ६-० गोल अन्तरले पराजित भएको थियो ।
स्वदेश फर्किए यू-२० फुटबल टोली







-1766318481555.jpeg&w=3840&q=75)
-1766281833800.webp&w=3840&q=75)


-1766305902285.jpeg&w=3840&q=75)
