काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका तीन खेलाडीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।
डिफेन्डर पुनम जर्गा मगर, मिडफिल्डर दीपा राई र मिडफिल्डर इन्दिरा राईले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।
छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको फाइनलपछि तीनै खेलाडीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।
राखेप सदस्य सचिव टंक लाल घिसिङले तीनै जना खेलाडीलाई ब्लेजर लगाएर बिदाइ गरे ।
तीनै खेलाडी त्रिभुवन आर्मी क्लबबाट क्लब फुटबल खेल्ने गर्छन ।