काठमाडौं । सोमबार दशरथ रंगशाला नयाँ इतिहासको साक्षी बन्न गईरहेको छ । पहिलोपटक महिला साफले नयाँ च्याम्पियन पाउँदैछ ।
बहुप्रतीक्षित बनेको साफ महिला च्याम्पियनसिप २०२२ को फाइनल अघि सेमिफाइनलमा पनि इतिहासहरु रचिए । जसमा सर्वकालीन च्याम्पियन भारतले समूह चरणमा बंगलादेश र सेमिफाइनलमा होस्ट नेपालसँग हार व्यहोर्दा पहिलोपटक बाहिरिनु पर्यो ।
नेपालले घरेलु भूमिमा पहिलोपटक ट्रफी उचाल्ने सपना बुनेको छ । अनि बंगलादेश दोस्रो पटकको फाइनलमा ट्रफीमा जसरि भएपनि कब्जा गर्न चाहन्छ । दुबै टोलीको लागि सम्भावनाका बाटोहरु खुला छन् । दुबै टोलीलाई राम्ररी थाहा छ कि साफमा यस्तो मौका बिरलै पाइनेछ जहाँ भारतको डर हुनेछैन ।
भारत नामको डरलाई यसपटक दुवै टोली पछार्न सफल भए । त्यसैले केहि हदसम्म दुवै टोलीले बिगतमा जस्तो फाइनल अगाडी प्रेसर लिएका छैनन् ।
प्लेयर्स टु वाच -
सबिना खातुन (बंगलादेश)
२८ वर्षीय बंगलादेशी क्याप्टेन सबिना खातुन महिला फुटबल च्याम्पियनसिप क्लब माल्दिभ्स आर्मी एफसीबाट प्रोफेसनल फुटबल खेल्छिन् । सबिना खेलाडी मात्र होइन आइकन नै हुन दक्षिण एसियाली फुटबलमा । उनले बंगलादेशबाट पुरुष वा महिला दुवैमा सर्वाधिक अन्तर्राष्ट्रिय गोल ३१ गोलको रेकर्ड राखेकी छिन् ।
उनी बंगलादेशबाट ३१ गोल गरी क्लब फुटबलमा समेत सर्वकालीन मेल अर फिमेल टप स्कोरर पनि हुन् । सन २००९ देखि बंगलादेशको टोलिमा छिन् । उनलाई बंगलादेशी फुटबलको पोष्टर गर्लले चिनिन्छ । सन् २०१४ को साफमा मस्ट भ्यालुएबल खेलाडी बनेकी थिइन् । यो साफमा दुई ह्याट्रिक सहित सर्वाधिक ८ गोल गरेर सनसनी मच्चाएकी छन् ।
उनीसँग एउटा फरवार्डमा चाहिने सबैकुरा छ । उनी सोप्नको लागि चान्स पनि क्रिएट गर्छिन् । र, टिमलाई मोटिभेट गर्छिन् । यदि नेपाल उनलाई रोक्न असफल भयो भने खतरा बन्न सक्छिन् ।
रश्मी कुमारी घिसिङ (नेपाल) -
अवश्य रश्मी नेपाली टोलीको लागि हेर्न लायक खेलाडी हुन् । उनकै गोलमा नेपाल भारतलाई हराउन सफल भयो । उनको फिजिकल स्ट्रेन्थ, मुभमेन्ट उत्कृष्ट छ । साइड प्लेमेकर पनि बन्न सक्ने, मिडबाट पनि अपरेटिङ गर्ने र पोचर पनि बन्नसक्ने खुबी छ उनीसँग । यस साफमा उनले २ गोल गरेकी छन् । तर सबैभन्दा महत्वपूर्ण गोल भारतविरुद्ध गरिन् । रश्मी श्रीलंकाविरुद्धको खेलमा ‘प्लेअर अफ दी म्याच’ पनि बनेकी थिइन् ।
गतवर्ष दशरथ रंगाशालामै आयोजना भएको बंगलादेशसँगको मैत्रिपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेकी रश्मीले अहिलेसम्म ६ खेल खेलेकी छिन् । जारी साफको पहिलो खेलमा भुटानविरुद्ध स्ट्राइकर सावित्रा भण्डारीलाई रिप्लेस गर्दै खेलको ८३ औं मिनेटमा मैदान प्रवेश गरेकी थिइन् ।