काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा पीएसजीले लियोनलाई १-० गोल अन्तरले हराएको हो ।
पीएसजीको जितमा लियोनल मेस्सीले निर्णायक गोल गरे ।
खेलको पाँचौं मिनेटमा नेयमारको पासमा उनले गोल गरेका हुन् ।
यस जितसँगै पीएसजी शीर्ष स्थानमा उक्लिएको छ ।
पीएसजीले ८ खेलमा २२ अंक जोडेको छ ।
लियोन १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।