काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले साँघुरो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा एभर्टनले वेस्ट ह्यामलाई १-० गोल अन्तरले हराएको हो ।
एभर्टनको जितमा निल मौपेले निर्णायक गोल गरे ।
उनले खेलको ५३ औं मिनेटमा गोल गरेका हुन् ।
यस जितसँगै एभर्टनले ७ खेलमा ७ अंक जोडेको छ ।
एभर्टन १३ औं स्थानमा रहेको छ ।
वेस्ट ह्याम ४ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।