काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स पराजित भएको छ ।
आइतबार राति भएको खेलमा युभेन्ट्सलाई मोन्जाले १-० गोल अन्तरले हराएको हो ।
मोन्जालाई जित दिलाउन क्रिस्टियनले निर्णायक गोल गरे ।
उनले खेलको ७४ औं मिनेटमा गोल गरे ।
त्यसअघि युभेन्ट्स पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो ।
खेलको ४० औं मिनेटमा एन्जल डी मारियाले रातो कार्ड पाएका थिए ।
यस हारसँगै युभेन्ट्सले ७ खेलमा १० अंक जोडेको छ ।
युभेन्ट्स आठौं स्थानमा रहेको छ ।
मोन्जा ४ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।