• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
महिला साफ फाइनल : उर्जा र अनुभवको लडाई
हेम राज हमाल
आइतबार, असोज २, २०७९ हेम राज हमाल
महिला साफ फाइनल : उर्जा र अनुभवको लडाई

काठमाडौं ।  साफ महिला च्याम्पियनसिपको इतिहासमा पहिलोपटक बंगलादेश र नेपाल उपाधिको लागि भिड्दै छन् । सोमबार दशरथ रंगशाला नयाँ इतिहासको साक्षी बन्न गईरहेको छ । पहिलोपटक महिला साफले नयाँ विजेता पाउँदैछ ।

बहुप्रतीक्षित बनेको साफ महिला च्याम्पियनसिप २०२२ को फाइनल अघि सेमिफाइनलमा पनि इतिहासहरु रचिए । जसमा सर्वकालीन च्याम्पियन भारतले समूह चरणमा बंगलादेश र सेमिफाइनलमा आयोजक नेपालसँग हार व्यहोर्दा पहिलोपटक बाहिरिनु पर्यो ।

दशरथ रंगशालामा शुक्रबार भएको सेमिफाइनल खेलमा नेपालसँग १–० गोल अन्तरले पराजित भएपछि डिफेन्डिङ च्याम्पियन भारत बाहिरिएको थियो ।

साफमा पाँचौ पटक नेपालले फाइनल खेल्न गईरहेको छ भने बंगलादेश २०१६ पछि फेरि फाइनल पुगेको छ । लगातार भारतसँग फाइनलमा पराजित हुँदै उपाधि बिमुख बनेको नेपालले घरेलु भुमिमा पहिलोपटक ट्रफी उचाल्ने सपना बुनेको छ । उता बंगलादेश दोस्रो पटकको फाइनलमा उपाधिमा जसरि भएपनि कब्जा गर्न चाहन्छ ।

दुबै टोलीको लागि सम्भावनाका बाटोहरु खुला छन् । दुबै टोलीलाई राम्ररी थाहा छ कि साफमा यस्तो मौका बिरलै पाइनेछ जहाँ भारतको डर हुनेछैन । भारत नामको डरलाई यसपटक दुवै टोली पछार्न सफल भए । त्यसैले केहि हदसम्म दुवै टोलीले बिगतमा जस्तो फाइनल अगाडी दबाब महसुस गरेका छैनन् ।

के छ बंगलादेशको अवस्था ?

साफ आउनुपूर्व नै बंगलादेशलाई अप्रत्यासित टोलीको परिचय दिईएको थियो । नभन्दै भयो त्यस्तै । प्रतियोगिताको कठिन समूहमा थियो बंगलादेश तर समूह बिजेता बन्दै सेमिफाइनल प्रवेश गर्न सफल रह्यो । अपराजित रहँदै फाइनल पुग्नुको हौसलामात्र होइन भारतमाथिको प्रभावशाली जितले उनीहरुको आत्मबल आकाशिएको छ । त्यसमाथि प्रतियोगितामा अहिलेसम्म कुनै गोल पनि व्यहोरेको‌ छैन । सेउलि‌ आजिम, अखि खातुन, सबिना खातुन, कृष्णा लगायतका खेलाडीले २०१६‌ को‌ साफ फाइनलमा खेलेका थिए ।

बितेका ६ वर्षको‌ अन्तरालमा धेरै कुरा फेरिएको छ । बंगलादेश महिला फुटबल बिगतमा भन्दा अब्बल देखिन्छ । मारिया मान्डा, मोनिका चक्मा जस्ता प्राविधिक रुपमा दक्ष खेलाडी थपिएका छन् । डिफेन्स मजबुत बनेको छ । स्वयम सबिना के मान्छिन् भने नेपाल बलियो टोली अवश्य हो तर बंगलादेश पनि कम छैन ।

'नेपालले घरेलु दर्शकको साथ पाउनेछ । नेपाली समर्थकको‌ उपस्थितिले ठुलो प्रभाव पारेको हामीले सेमिफाइनलमा देखिसक्यौँ । तर बंगलादेशका खेलाडीहरू पनि ठुलो दर्शकको सहितको वातावरणमा खेलिसकेका छन् । त्यसैले हामीलाई दबाब छैन,' फाइनलको पूर्व सन्ध्यामा पत्रकार सम्मेलनमा बोल्दै सबिनाले आत्मविश्वास देखाईन् ।

'नेपाल टोलीलाई फाइनलमा घरेलु फाइदा छ, तर हाम्रो टोलीले यस प्रकारको अवस्थालाई सामना गर्न सक्छन् किनभने हामीले यहाँ धेरै पटक खेलेका छौं । हामी आफ्नो उत्कृष्ट प्रदर्शनलाई‌ निरन्तरता दिनेछौं र इतिहास रच्नेछौं,' बंगलादेशका मुख्य प्रशिक्षक गुलाम रोब्बानी चोटनले दाबी गरे ।

'हो नेपालसँग दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर साबित्रा भन्डारी छन् । हामी‌सँग पनि सबिना खातुन छन् । वास्तवमा हामी कुनै व्यक्ति भन्दा सम्पुर्ण टोलीमा केन्द्रीत छौँ । दुई टोली अहिलेसम्म उत्कृष्ट दौडमा छन् आशा गरौँ उत्कृष्ट खेल हुनेछ,' गोलोमले थपे ।

यस फाइनलले पुराना यादहरु पनि ताजा गराउने छ । एएफसी यू-१४ च्याम्पियनसिप २०१५ मा उमेर समूहको टोली लिएर आएका उनै गोलोम सिनियर टोलिविरुद्ध भिड्नेछन् । त्यो बेला महाभुकम्पले नेपाल र बंगलादेशको फाइनल खेल प्रभावित गरेको थियो । महाभुकम्पले त्रसित बनाएका केहि बंगलादेशी खेलाडीहरु अँझैपनि टोलिमा छन् ।

२८ वर्षीया कप्तान सबिना नेपालको‌ लागि खतरा बन्न सक्छिन् । प्रतियोगितामा २ ह्याट्रिक सहित सर्वाधिक गोलकर्ता हुन् सबिना । उनलाई रोक्न नेपाललाई ठुलो चुनौती छ । यस्तै अर्की स्ट्राइकर मोसमत सोप्नले पनि चार गोल गरेर घातक बनिरहेकी छिन् । डिफेन्डरले अहिलेसम्म जुन अनुशासन र एकरुपता देखाएका छन् त्यो हेर्दा नेपालले गोल गर्न ठुलो संघर्ष गर्नुपर्ने हुनसक्छ ।

बंगलादेश सम्भावित-११ : रुप्ना चक्मा, सेउलि, सामसुनाहार, अखि, मसुरा प्रविन, मोनिका, सन्जिदा, मारिया, कृष्णा, मोसमत, सबिना

के छ नेपालको अवस्था ?

इतिहासमा‌ पहिलो पटक भारतलाई पराजित गरेको नेपालको‌ यो‌ पाँचौं साफ फाइनल हो । सधै भारतबाट पराजित हुँदै आएको नेपाललाई‌ यो‌ जस्तो साफ उपाधि जित्ने सुनौलो अवसर सायदै कहिल्यै आयो होला ।‌ नेपाली टोली भारतविरुद्धको जितपछि आत्मविश्वासी देखिन्छ । शारिरिक भाषा उत्कृष्ट छ । घरेलु भुमिमा समर्थकको‌ अगाडी ट्रफी उचाल्ने सपना बोकेको छ ।

प्रशिक्षक कुमार थापाले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य रहेको बताउँछन्।

'यो साफको लागि भावनात्मक र शारीरिक रुपमा धेरै मेहेनत गरेका छौँ । हाम्रो लागि साफको स्टार जर्सी लगाउने सपना छ,' प्रशिक्षक थापाले भने, 'त्यसको लागि जे पनि गर्नेछौँ । चाहे विरामी खेलाडी रिकभरी गरेर हुन्छ की केहि गरेर हुन्छ । हाम्रो लक्ष्य नै ट्रफी बाहिर जान नदिने हो ।'

कुमारले बंगलादेशको तारिफ गरे । र, उनीहरुसँग नेपाली टोलीको तुलना गर्दै दुवै पक्ष आ-आफ्नो क्षेत्रमा बलियो रहेको धारणा राखे ।

'बंगलादेशको टिम इनर्जी र स्प्रिट राम्रो छ । हामी उनीहरुलाई आदर गर्छौं । पहिलेको भन्दा बंगलादेश नयाँ र बलियो छ । मौषमले साथ दियो भने राम्रो खेल देखियोस भन्ने कामना गर्छु,' थापाले थपे,'हामीसँग अनुभव छ । हाम्रो बलियो पक्ष टिम वर्क हो ।'

कप्तान एन्जिला सुब्बा जसको नेतृत्वमा नेपालले इतिहास रचिसकेको छ । उनले अँझै धेरै कुरा बाँकी रहेको प्रतिक्रिया दिदै भनिन्, 'भारतलाई पहिलो पटक जितेर इतिहास बनायौं । हाम्रो टिमको प्रयासले हो । बोलेर भन्दा गरेर देखाउन बाँकी छ ।'

यो नयाँ नेपालको आत्मविश्वास हो । सबैभन्दा ठुलो मोडलाई पार गरेर बिन्दुको नजिक पुग्दै गर्दा नेपाल सजक भने हुनुपर्छ । बंगलादेश अप्रत्यासित टोली हो । उमेर समुहमा नेपालको‌ बंगलादेशविरुद्ध खासै राम्रो इतिहास नभएपनि सिनियर स्तरमा भने नेपाल हाबी छ ।

सिनियर टोलीमा नेपालले बंगलादेशसँग अहिलेसम्म हारेको ‌छैन । साफ च्याम्पियनसिपमा पनि नेपालले अहिलेसम्म बंगलादेशविरुद्ध तीनवटै खेल जितेको छ । दुई राष्ट्रबिच भएका ७ खेलमा नेपालले ५ जित र २ बराबरीको नतिजा निकालेको छ ।

गत वर्ष दशरथ रंगशालामा तिजको बेला सम्पन्न दुई मैत्रीपूर्ण खेल नेपालले पहिलो खेल २–१ ले जितेको थियो ।‌ दोस्रो खेल गोलरहित बराबरीमा रोकिएको थियो ।

साबित्रा र मन्जली डेंगुबाट रिकभर गरिरहेका छन् । यद्यपि भोलिको खेलमा साबित्रा खेल्ने सम्भावना धेरै छ । साबित्रा, अमिषा, रश्मी सबै स्ट्राइकर २/२ गोल गर्दै राम्रो लयमा छन् ।

नेपालको डिफेन्सले पनि अहिलेसम्म गोल व्यहोरेको छैन । विपक्षी फरवार्डलाई‌ स्पेस दिएको छैन ।‌ एन्जिला सानदार खेल देखाइरहेकी छिन् । यसका बाबजुद बंगलादेशको आक्रमणप्रति सजक रहनुपर्छ । नेपालको डिफेन्सको‌ परिक्षा हुने निश्चित छ ।

नेपालको सम्भावित- ११ : एन्जिला, पुनम, गीता, अमृता, हिरा, सरु, अनिता बस्नेत, अनिता केसी, दिपा शाही, रश्मी, साबित्रा

अन्तिम नतिजा ‌: नेपाल २-१‌ बंगलादेश (खेलपाटी अनुमान)

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानमाथि बंगलादेशक‍ो जित
भुटानमाथि बंगलादेशक‍ो जित
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
पहिलो खेलमै नेपालको पोस्टमा ७ गोल
पहिलो खेलमै नेपालको पोस्टमा ७ गोल
भारतविरुद्ध खेल्न सुरुआती ११ मा अनुभवी खेलाडी
भारतविरुद्ध खेल्न सुरुआती ११ मा अनुभवी खेलाडी
सलाह वर्षको उत्कृष्ट खेलाडी
सलाह वर्षको उत्कृष्ट खेलाडी
अल–नासर उपाधिनजिक
अल–नासर उपाधिनजिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भुटानमाथि बंगलादेशक‍ो जित
भुटानमाथि बंगलादेशक‍ो जित
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
लिग नहुँदा चेन्नईयिनले रोक्यो तलब
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा  ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पहिलो खेलमै नेपालको पोस्टमा ७ गोल
पहिलो खेलमै नेपालको पोस्टमा ७ गोल
दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता
दोस्रो हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो साता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP