इटहरी । नवौं राष्ट्रिय खेलकुदको प्रदेश १ स्तरीय छनोट अन्तरगत महिला फुटबलको उपाधि झापाले जितेको छ ।
इटहरी रंगशालामा आइतबार भएको फाइनलमा धनकुटालाई १-० गोल अन्तरले हराउँदै झापाले उपाधि जितेको हो ।
झापाको जितमा लक्ष्मी श्रेष्ठले निर्णायक गोल गरिन् ।
लक्ष्मीले ४८ औं मिनेटमा गोल गरेकी थिइन् ।
विजेता खेलाडीलाई इटहरी उपमहानगरपालिका वडा नबर ६ का अध्यक्ष दिवश पोखरेलले पुरस्कृत गरे ।