काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई ३-० गोल अन्तरले हराएको हो ।
आर्सनललाई जित दिलाउन विलियम सालिबा, गाब्रियल जिसस र फाबियो भिएराले एक एक गोल गरे ।
खेलको १७ औं मिनेटमा सालिबाले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।

२८ औं मिनेटमा जिससले गोल गर्दै आर्सनलको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ४९ औं मिनेटमा फाबियोले गोल गर्दै आर्सनललाई ३-० को जित दिलाए ।
जितसँगै आर्सनल लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
आर्सनलले ७ खेलमा १८ अंक जोडेको छ ।
ब्रेन्टफोर्ड ९ अंक जोडेर नवौं स्थानमा रहेको छ ।