एनआरटी-ल्याब फुटबल एकेडेमीको उद्घाटन

काठमाडौं । एनआरटी-ल्याब युथ फुटबल एकेडेमीको औपचारिक उद्घाटन भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज बिक्रम नेम्वाङले आइतबार एकेडेमीको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा एकेडेमीका खेलाडीलाई खेलकुद सामाग्री प्रदान गरिएको थियो ।
एनआरटी-ल्याब एकेडेमी सहिद स्मारक 'ए' डिभिजन क्लब न्युरोट टिम (एनआरटी) को फुटबल एकेडेमी हो ।
फुटबल एकेडेमी संचालन गर्न एनआरटीले एन्फा र कीर्तिपुरको ल्याब्रोटरी स्कुलसँग गत वर्षको साउनमा सम्झौता गरेको थियो ।

सम्झौतासँगै पहिलो वर्ष एकेडेमीमा क्लब र स्कुलका गरि १४ खेलाडी हुनेछन् । १४ खेलाडीले क्लबसँग अभ्यास गर्ने छ भने स्कुलले पढाईका लागि छात्रवृत्ति प्रदान गर्ने छ ।
दोस्रो वर्षबाट कुल २१ खेलाडी एकेडेमीमा हुने छन् । जसमा १४ खेलाडी क्लबको रहने छन् ।
एसियाली फुटबल महासंघ(एएफसी)को क्लब लाइसेन्सका लागि अनिवार्य गरेपछि एनआरटीले एकेडेमी संचालनमा ल्याउन लागेको हो ।
एएफसीले एएफसी लाईसेन्स प्राप्त गर्न क्लबले एकेडेमी अनिवार्य संचालन गर्नु पर्ने नियम बनाएको छ ।













