काठमाडौं । म्यानचेस्टर सिटीका मिडफिल्डर काल्भिन फिलिप्स इंग्ल्यान्डको टिमबाट बाहिरिएका छन् ।
काँधमा लागेको चोटका कारण फिलिप्स टिमबाट बाहिरिएका हुन् ।
फिलिप्सको चोटको शल्यक्रिया गरिने बताईएको छ । उनले फिफा विश्वकप समेत गुमाउने सम्भावना रहेको छ ।
फिलिप्स शनिबार उल्भ्सविरुद्ध खेल्ने सिटीको टोलीमा समेत थिएनन् । सिटीको उक्त खेल ३-० ले जितेको थियो ।
इंग्ल्यान्डले यसै महिना नेसन्स लिग अन्तर्गत जर्मनी र इटालीविरुद्ध खेल्दैछ ।
२६ वर्षीय मिडफिल्डर लिड्स युनाईटेडबाट सिटी आएका थिए ।