डर्टमण्ड शीर्ष स्थानमा
शनिबार, ०१ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले जित निकालेको छ ।
शनिबार भएको खेलमा डर्टमण्डले साल्केलाई १-० गोल अन्तरले हराएको हो ।
डर्टमण्डको जितमा युसुफा मोकोकोले निर्णायक गोल गरे ।
उनले खेलको ७९ औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै डर्टमण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
डर्टमण्डले ७ खेलमा १५ अंक जोडेको छ ।
साल्के ६ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
डर्टमण्ड शीर्ष स्थानमा







-1766318481555.jpeg&w=3840&q=75)
-1766281833800.webp&w=3840&q=75)


-1766305902285.jpeg&w=3840&q=75)
